भोलि देशभर सार्वजनिक बिदा

१८ माघ, काठमाण्डौ। नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।

गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाउनुभएको छ ।

[sidebar name="button post"]