१२ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१३ हजार ५४९ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ५७१ जनामा र ६ हजार ८१० जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











