प्रमुख विपक्षी दल नेकपा एमालेले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका क्रममा सरकारको ११ वटा कमजोरी रहेको औंल्याएको छ ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षणपत्रमा कोरोना महामारी बढिरहेको अहिलेको समयमा सरकारले गरेको कमजोरीलाई ११ बुँदामा समेटिएको छ ।
त्यस्तै सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको एमालेले उल्लेख गरेको छ ।
[sidebar name="button post"]









