३० पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशमा हालसम्म १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।
[sidebar name="button post"]









