काठमाण्डौ उपत्यकामा थपिए २६०७ जना कोरोना संक्रमित

३० पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन्।