२४ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६२ जनाको पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ भने २९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्।












