Ad #144479

२१ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ७१५ जनामा पीसीआर परीक्षण गरिएकोमा ३७० जनामा र ३ हजार ५५२ जनामा एन्टीजेन परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

देशमा हालसम्म ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् ।