५ पौष, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ । दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा संक्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा अझै ८६ सक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]









