५ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]









