नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

५ पौष, काठमाण्डौ । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

[sidebar name="button post"]