सर्वदलीय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै

४ पौष, काठमाण्डौ। सर्वदलीय बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई सर्वसम्मत रूपमा पारित गर्न बोलाइएको सर्वदलीय बैठक आज बस्न लागेकाे हाे ।

संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषय र एमसीसीलाई सर्वसम्मत रूपमा पारित गर्न बैठक आह्वान गरिएकाे बताइकाे छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ। विगत लामो समयदेखि नेकपा ‘एमाले’ ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ।

शुक्रवार नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

तर, एमालेले भने बैठकमा सहभागी नहुने बताएको छ। बैठकका लागि सबै राजनीतिक दललाई टेलिफोन गरिए पनि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी बैठकमा सहभागी नहुने बताएका छन्।

[sidebar name="button post"]