कांग्रेस महामन्त्रीमा २५२० मत गन्दा गगनलाई १६४८, विश्वप्रकाशलाई १०१९

१ पौष, काठमाण्डौ। नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ ।

सुरुदेखि नै गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ।

पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ५ सय २० मत गन्दा थापाले १ हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १ हजार १९ मत ल्याउनुभएको छ । प्रदीप पौडेलको ७ सय ४७, डा. प्रकाशशरण महतको ८ सय २७, मिनेन्द्र रिजालको ४ सय २६ र डाक्टर राजाराम कार्कीको ६४ मत छ ।

अग्रता लिइरहेका थापाले डा. शेखर कोइराला समूहबाट र शर्माले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको हो ।

[sidebar name="button post"]