पाँच बालिकाहरुको इसिडिसीद्वारा उद्दार

२५ मंसिर, उदयपुर। उदयपुर नगरपालिका वडा नं.१ घर भइ हाल कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकि २९ बर्षकि सन्चमाया तमाङको पाँच नाबालिका छोरीहरुलाई प्रारम्भिक बालबिकास केन्द्र, काठमाण्डौले उदयपुर कारागारबाटै उद्दार गरेको छ।

बालबालिकाहरूको शिक्षा स्वास्थ र रोजगारको भबिष्य सुनिश्चित होस भनी संरक्षणकालागि लिखित रुपमै जेलर कुमार खडकाले प्रारम्भिक बालबिकास केन्द्रलाई पत्राचार गरेपछि, सरकारी प्रकृया पुरागरि सस्थाका प्रतिनिधिहरु कार्यक्रम अधिकृत सुधा कार्की र सहाय अधिकृत शुसिला खड्का उदयपुर कारागार पुगि कारागार प्रमुख र जिल्ला प्रशासन कार्यालय प्रमुखको रोहवरमा उद्दार गर्यो ।

बाबू भिम बहादुर तमाङ सम्पर्क बिहिन भएपछि बालिकाहरु उमिका तमाङ बर्ष १०,भूमिका तमाङ बर्ष ९ डोल्मा तमाङ बर्ष ६ प्रतीक्षा तमाङ ४ र समिक्षा तमाङ बर्ष ४ का मध्ये दुई बालिका आमा सन्चमाया संगै कारागार र अन्य तीन फूपू दिदिको साथमा बस्दै आएका थिए ।

[sidebar name="button post"]