२४ मंसिर, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गर्न नेकपा एमाले तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले देश विकासमा अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको आफुहरु सँगै हिँड्न तयार रहेको बताए । उनले भने, ‘देश बनाउने विषयमा कांग्रेससँग एमाले सहकार्य गरेर अगाडि बढ्न तयार छ ।’
अध्यक्ष ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझावसमेत दिएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रहसमेत गरे ।
उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नुपर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस्।’
[sidebar name="button post"]









