कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

२४ मंसिर, काठमाण्डौ। नेपाल कांग्रेसको १४ औं महाधिवेशन सुरु भईरहेको छ । भृकुटीमण्डपमा व्यानरसहित नेता तथा कार्यकर्ताहरु आउने क्रम शुरु भएको छ । उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन् ।

महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि स्वस्फूर्त रुपमा कांग्रेसी कार्यकर्ताहरु झाँकी र जुलुससहित महाधिवेशनस्थल पुगिरहेका छन् ।

औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकी, व्यानरसहित नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।

उदघाटन समारोहलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी चार हजार सात सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

[sidebar name="button post"]