कञ्चनपुरबाट लागु औषधसहित तीन पक्राउ

२२ मंसिर, कञ्चनपुर। वेदकोट नगरपालिका–१० सिसैयाबाट आज साँझ प्रहरीले तीन जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार लागूऔषध खैरो हिरोइनको कारोवार भइरहेको विशेष सूचनाका आधारमा वेदकोट–५ का ३२ वर्षीय धनबहादुर धानुक, वडा नं ९ का २१ वर्षीय पारस थापा र कृष्णपुर नगरपालिका–५ देखतभूलीका १९ वर्षीय मनिसा विष्टलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये धनबहादुरको साथबाट शून्य दशमलव छ ग्रामका दुई पोका खैरो हिरोइन, रु ५०० नगद, पारसको साथबाट रु दुई हजार ९०० नगद रकमसहित २५ पोका शून्य दशमलव ९५ खैरो हिरोइन बरामद गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये धनबहादुर वारदात पूर्वफौजदारी अभियोगमा सजाय पाइसकेका व्यक्ति रहेका छन् ।

[sidebar name="button post"]