नेकपा माओवादी केन्द्रले ३२ वटा विभाग गठन गरेको छ । यस्तै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याएका छन् । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ ।
यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।
३२ वटै विभागले पूर्णता भने पाएका छैनन् । सदस्यहरु बाँकी राखेर विभाग गठन गरिएको छ । अध्यक्ष प्रचण्डले रिक्त पदमा मनोनित गर्नेछन् ।
[sidebar name="button post"]









