२१ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









