१८ मंसिर, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमश सुधार हुँदै जाने जनाएको छ ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशस् कमजोर बन्दै गएको यो । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो ।
शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १८ गते (शनिबार)
दिउँसो : प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ मंसिर १९ गते (आइतबार)
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।
२०७८ मंसिर २० गते (सोमबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न १ र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती : कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र प्रदेश न १, वागमती, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।









