१० मंसिर, गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा १५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका आठ, नवलपरासी पूर्वका छ र बाग्लुङका एक रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
प्रदेशमा सक्रिय संक्रमितको संख्या १६३ र होम आइसोलेशनमा एक सय ४२ जना रहेको निर्देशनालयले जनाएको छ ।
[sidebar name="button post"]









