७ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७२९ जनाको पीसीआर परीक्षणमा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २७३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]









