गण्डकीमा एक हप्तामा २६५ जना कोरोना संक्रमणमुक्त

५ मंसिर, गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६५ जना सङ्क्रमणमुक्त भएका छन् भने छ जनाको मृत्यु भएको छ ।

एक हप्ताको अवधिमा १४१ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमणमुक्त भएको र ३१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार थपिनेमा कास्कीका ३०, तनहुँ र बाग्लुङका तीन÷तीन, स्याङ्जाका दुई, मुस्ताङ, पर्वत र गोरखाका एक÷एकजना रहेको छ ।

[sidebar name="button post"]