पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण

५ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ हजार ८४५ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा र १ हजार २७८ जनामा एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएका छन्।

हाल देशभर ७ हजार १६४ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]