काठमाण्डौ उपत्यकामा थपिए १३० जना कोरोना संक्रमित मंसिर ५, २०७८ ५ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]