सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

३ मंसिर, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी आज तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]