३१ असोज, तेह्रथुम । तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका(९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन । श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीको भनाइ छ ।
मृतक दिलकुमारीको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आरोपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।












