Ad #144479

३१ असोज, कैलाली । कैलालीमा २५ बर्षिय युवकको घाँटी थिचेर हत्या भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको हो ।

घटनाको अनुसन्धानका लागी प्रहरी रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेको हो । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।