Ad #144479

३१ असोज, काठमाण्डौ। आज मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश न १, प्रदेश न २ र बाग्मती प्रदेशमा सामान्य बदली भई गण्डकी र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश नं २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।