२२ असोज, काठमाण्डौ। मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रीहरुलाई नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन्।
सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
यी हुन् मन्त्री हुनेहरू














