Ad #144479

२० असोज, काठमाण्डौ। भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा जारी छ ।आज बुधबार बिहान काठमाण्डौको आकाशमा बदली छ। जसकारण घाम झुल्किन सकेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण यस्तो भएको हो। दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा वर्षाको आँकलन गरिएको छ। प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षाको सम्भावना रहेको छ ।