१८ असोज, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ। जसकारण प्रदेश २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
सोमबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
[sidebar name="button post"]











