१५ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल देशभर १८ हजार ११५ सक्रिय संक्रमित रहेका छन्।












