स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा लगातार खराब प्रदर्शन जारी राखेको छ । समूह ई मा रहेको बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको हो ।
बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० ले पराजित भएको हो ।
सोही समूहको अर्को खेलमा बार्यन म्युनिखले डिनामो किएभलाई ५–० ले पराजित गरेको छ ।
बुधबार राति भएका अरु खेलमा आरबी साल्जबर्गले लिलेलाई २–१ ले पराजित गर्दा वुल्फबर्ग र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।
[sidebar name="button post"]









