आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हरायो

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै बैंगलोर ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ । राजस्थान ८ अंकसहित सातौं स्थानमा छ ।

[sidebar name="button post"]