१३ असोज, काठमाण्डौ। काठमाण्डौको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पु¥याएको प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्याएको प्रहरीले जनाएको हो । अहिले बालकलाई प्रहरीले आफ्नो साथमा लिइसकेको र भारत लैजानेलाई नियन्त्रणमा लिएको दावी प्रहरीको छ ।
भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ ।
बालकलाई भारत पु¥याउने दासलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइसकेको प्रहरीको दावी छ ।
[sidebar name="button post"]









