दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप : नेता बिष्ट

काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् ।

उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको तर्क गरे । यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए ।

बिष्टले एमालेले धेरै विकासका काम गरेकाले आगामी चूनावमा बहुमत सहित सरकारमा जाने दावी गरे ।

 

[sidebar name="button post"]