Ad #144479

८ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्।