८ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २५६, भक्तपुरमा ३५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै १ हजार ५५० कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर २० हजार २८७ सक्रिय संक्रमित रहेका छन्।












