थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ संक्रमणमुक्त

४ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]