थप ९९४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२६ भदौ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३७ पीसीआर परीक्षण गर्दा ७७७ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]