२६ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै १ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।












