Ad #144479

२५ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शुक्रबार सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।