२२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]









