पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको जित

२२ भदौ, काठमाण्डौ। नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे । नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।