Ad #144479

१९ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३१ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।