काठमाण्डौ उपत्यकामा थपिए ३८६ जना कोरोना संक्रमित

१९ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३१ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।