Ad #144479

१३ भदौ, काठमाण्डौ। बिगत २५ बर्ष देखि संगीत क्षेत्रमा लाग्नु भएका सिताराम गौतमले ट्रिनिटि कलेज लण्डनबाट संगीत सिकेर संगीत मार्फत समाज सेवा गर्दै आइरहनु भएको छ ।

नेपालको अति बिकट गाउँ बस्तीमा गएर त्यहाँको स्कुलमा गएर विद्यार्थीहरुलाई संगीत गितारको तालिम दिदैं आउनु भएको छ । १९ बर्ष देखि निरन्तर संगीतको पुस्तक लेख्दै आफ्नो संस्था ट्रिनिटि म्युजिक ट्रेनिङ सेन्टर मार्फत संगीत साथै गितार पनि निरन्तर सिकाउंदै आइरहनु भएको छ ।

संगीत संगै राजनीतिमा लाग्नु भएका गौतमले राजनितिमा पनि युवाहरू आउनु पर्छ र राजनीतिबाट पनि देश र समाजको सेवा गर्नु पर्छ भन्ने उद्दश्य लिइ नेपाली काङ्ग्रेसको राजनितिमा रहि गएको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट लपु महानगरपालीका वडा नम्बर १८ मा उम्मेद्बारी दिई निर्वाचनमा पराजय भोग्नु भएको थियोे ।

यहि भाद्र १८ गते हुने नेपाली काङ्ग्रेसको वडा अधिबेसनमा आफ्नो १८ नम्बर वडामा इकाईमा इकाई सभापतिको उम्मेद्बारी दिई नेपाली काङ्ग्रेसलाई सफल पाटी बनाइ वडा र वडा बासीको सेवामा दत्त चित्त भइ लाग्ने बताउनु भयो ।