Ad #144479

२६ श्रावण, काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा सम्वोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ।

प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट हाल्न संसदमा उपस्थित भएका थिए।