२५ श्रावण, काठमाण्डौ। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।
तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि आइतबारको मूल्यमा २५ रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











