Ad #144479

२३ श्रावण, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबारको बैठकले कक्षा १२ को साउन ३१ देखि निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब परिरहेको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीले कक्षा १२ को परीक्षा स्थगित गरिएको र १५ दिनको समयावधि राखेर अर्को मिति निर्धारित गरिने जानकारी दिए।

शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।